मनाङमा यौन दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको नार्पाभूमि गाउँपालिका-१ नार गाउँस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
साना छात्राहरूलाई ट्युसन पढाउने बहानामा दुर्व्यवहार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।