कोस्टारिकाका लागि पनि खतिवडा नै राजदूत

अमेरिकाका लागि आवासीय राजदूत तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले फेरि नयाँ जिम्मेवारी पाएका छन् । डा. खतिवडा अमेरिकाका लागि आवासीयसँगै मध्य अमेरिकी राष्ट्र कोस्टारिकाका लागि पनि राजदूत नियुक्त भएका छन् ।  

डा. खतिवडाले आज कोस्टारिकाको राजदूतको नियुक्ति लिएका हुन् । उनी कोस्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त भएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । 

राष्ट्रपति कार्यालयका अनुसार खतिवडालाई राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम कोस्टारिकाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् । 

यसअघि गत पुस ७ गते खतिवडा अमेरिकाका लागि आवाशीय राजदूत नियुक्त भएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई राष्ट्रपति भण्डारीले अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १६:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया