बाढी, पहिरो पीडितलाई खाद्यान्न र अस्थायी बसोबासका लागि ५ करोड

बागमती प्रदेश सरकारले प्रदेशभित्र भएका ठूला विपत्तिमा राहत स्वरुप तत्काल ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । बागमती प्रदेश विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

  बैठकमा बाढी, पहिरोबाट प्रभावितका लागि राहतस्वरुप खाद्यान्न र अस्थायी बसोबासका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले जानकारी दिए।

प्रदेशको सिन्धुपाल्चोक, चितवनलगायतका जिल्लाहरुमा आएको बाढी, पहिरोबाट प्रभावितलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम छिट्टै उपलब्ध गराउने उनले बताए । सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका मन्त्री नेपालका अनुसार  सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिलाई १ करोड, सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणका लागि ५० लाख र बाँकी जिल्लाको सम्भावित जोखिम न्यूनिकरणका लागि २५ लाख दिने निर्णय भएको छ । 

मेडिकल टोलीसहित प्रदेश सरकार जाने 

बागमती प्रदेश मातहतमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा  औषधीसहित चिकित्सकको टोली प्रभावित क्षेत्रमा जाने तयारी भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलसहित मन्त्रीहरुको टोली मंगलबार सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा जाने लागेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।



ढुंगेलका अनुसार राहत र उद्धार कार्यको प्रत्यक्ष अनुगमन गर्न मुख्यमन्त्रीसहितको टोली जान लागेको हो । 



  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार २०:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया