बागलुङमा सडक दुर्घटना हुँदा ट्याक्टर सह-चालकको मृत्यु भएको छ ।
जिल्लाको बागलुङ नगरपालिका-३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा १८ वर्षीय ट्याक्टर सहचालक किशोर सरोज विकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि धवलागिरी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आज (मंगलबार) बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भइ सडकबाट खसेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।