निशुल्क खाना वितरणमा गायक चौलागाईंको सहभागिता

काठमाडौंको माछापोखरीमा गएको १८ दिनदेखि निशुल्क खाना वितरण अभियान चलिरहेको छ । अभियान भुपेन्द्रजङ शाहीले सुरु गरेका हुन् । र शाहीले सुरु गरेको अभियानमा विभिन्न व्यक्तिले पनि सक्दो सहयोग गरिरहेका छन् ।

प्रस्तुत अभियानमा गायक युवराज चौलागाईंले पनि सहभागिता जनाएका छन् । विपी स्टडी युथ सर्कलको अभियान अन्तर्गत भइरहेको खाना वितरण स्थलमा हरेक साँझ र बिहान गरी ९ हजारभन्दा धेरै मानिसले खाना खाने गरेका छन् ।

खाना वितरण संस्था र खाना खान आउने मानिसहरूको हौसलाका लागि उपस्थित भएका युवराजले संकटको समयमा आफूले सकेको सहयोग गर्नु नै धर्म भएको बताए । ‘यस्तो अप्ठ्यारो समयमा सञ्चालन गरिएको यस अभियानमा जोडिन पाउँदा खुशी लागेको छ । जसले जसरी सकिन्छ सहयोग गर्नु पर्छ’, उनले भने ।

‘आफूले सकेको खण्डमा अभावमा सहयोग गर्नुपर्छ’, उनले थपे । 

स्थान हेरेर आर्थिक सहयोग गर्न नसकेको ठाउँमा हौसला दिएर पनि सहयोग गर्न सकिने उनको भनाइ छ ।
 
उनले केही समयअघि चलचित्र प्राविधिक संघलाई १५ हजार नगद सहयोग गरेका थिए । 





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १२:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया