कोरोनाका कारण जारी गरिएको निषेधाज्ञापछि बन्द भएको कमेडी च्याम्पियन पुनः सुरु हुने तरखरमा छ । टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन-२’ निषेधाज्ञा खुकुलो भएसँगै प्रसारणको तयारी थालिएको हो ।
नयाँ शृङ्खला छायांकन गर्न नसकेर झण्डै डेढ महिना बन्द भएको ‘कमेडी च्याम्पियन सिजन-२’ को नयाँ भाग स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गर्दै छायांकन र प्रसारण गर्ने आयोजकले जनाएको छ ।
‘कमेडी च्याम्पियन सिजन-२’को नयाँ भाग अर्को साताबाट प्रसारणको तयारी थालिएको छ । यो साताबाट छायांकन गरी अर्को साताबाट प्रसारण सुरु गर्ने ‘सो’का नयाँ भागमा प्रतियोगीहरूलाई मात्रै सहभागी गराएर छायांकन गरिने भएको छ ।
१६ भाग प्रसारण भएको कमेडी च्याम्पियनको दोस्रो सिजनमा उत्कृष्ट ९ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका थिए । थ्रि प्रोडक्सनले निर्माण गरेको कमेडी च्याम्पियनलाई विशाल भण्डारीले निर्देशन गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।