टेस्ट क्रिकेटमा ६१ वर्षपछि दक्षिण अफ्रिकी बलरको ह्याट्रिक

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज टेस्ट क्रिकेटमा ह्याट्रिक पूरा गर्ने दोस्रो बलर बनेका छन् । उनले सोमबार राति वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट दोस्रो पारीमा ह्याट्रिक लिएका हुन् ।

महाराजले पारीको ३७ औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा विकेट लिँदै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

उनले ओभरको तेस्रो बलमा व्यक्तिगत ५१ रनमा खेलिरहेका किरन पावेललाई एनरिच नोत्जेको हातबाट क्याच गराए ।

उनले चौथो बालमा जेसन होल्डरलाई किगन पिटरसन र पाँचौँ बलमा जोसुवा डि सिल्भालाई वियान मुल्डरबाट क्याच गराए । दुवैले रनको खाता खोल्न सकेनन्

यो सँगै टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकी बलरको ६१ वर्ष देखिको ह्याट्रिक खडेरीलाई महाराजले तेडे ।

यसअघि सन् १९६० मा तिब्र गतीका बलर ज्योफ ग्रिफिनले इङ्ल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए ।  



उनी जेके स्मिथ, पिटर वाकर र फ्रेड ट्रियुम्यानलाई आउट गराउँदै दिक्षण अफ्रिकाका लागि टेस्ट ह्याट्रिक पूरा गर्ने पहिलो बलर बनेका थिए ।

महाराज टेस्ट क्रिकेटमा ह्यट्रिक लिने ४६ औँ बलर हुन् । उनले दोस्रो टेस्टमा कुल ७ विकेट हात पारे । 



महाराजले उत्कृष्ट प्रदर्शन गरेपछि दोस्रो टेस्टमा १५८ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले २ खेलको टेस्ट सिरिजमा क्लिनसिप राख्न सफल भयो ।
 

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १४:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया