नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको पछिल्लो आदेशको स्वागत गरेका छन् ।
चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्ने उदाहरण संसारमै नभएको भन्दै उनले सर्वोच्चले प्रधानमन्त्रीको अवैधानिक कदमलाई अंकुश लगाएको बताएका छन् ।
सर्वोच्चको अन्तरिम आदेशपछि पौडेलले संविधानविपरीत भएको काम सच्याएर सर्वोच्चले संविधानको पक्षमा सकारात्मक सन्देश दिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।