जाजरकोट जिल्लामा भीरबाट लडेर एक जनप्रतिनिधिको मृत्यु भएको छ । भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको मृत्यु भएको हो ।
भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको भेरी नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।