अधिनायकवादबारे राजनीतिको नयाँ भाष्य

लुम्बिनीका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले अधिनायकवादको विषयमा अहिले राजनीतिमा नयाँ भाष्य निर्माण भएको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत अधिनायकवादको विषयमा अहिले नयाँ भाष्य निर्माण भएको बताएका हुन् । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि उनको धारणा आएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदले गरेका काम कारबाहीमा अदालतले अंकुश लगाएपछि अधिनायकवादको नयाँ परिभाषा बनेको पोखरेलले संकेत गरेका छन् । 

यसअघिका प्रधानमन्त्रीहरुले गर्दै आएको काम कारबाही अहिलेको प्रधानमन्त्रीले गर्न नपाउनु नै अधिनायकवाद भएको भाष्य अहिले निर्माण भएको मुख्यमन्त्री पोखरेलले लेखेका छन् । 

पोखरेल लेख्छन्, 'विगतका प्रधानमन्त्रीले प्रयोग गरेको अधिकार नै प्रयोग गर्न नपाउने अवस्थालाई “अधिनायकवाद“ भनिँदो रहेछ ! राजनीतिको नयाँ भाष्य !?'



 



  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार ११:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया