रोल्पामा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

रोल्पामा पहिरोमा परिएर तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको रोल्पा नगरपालिका-९ ह्वा निवासी ४० वर्षीय टिका सिँ बुढा मगरको घरमा मंगलबार राति पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो ।

मर्नेहरूमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशिला बुढा मगर र १५ वर्षीय श्यामकला बुढा रहेका छन् । 

पहिरोका कारण घर पूर्णरूपमा क्षति भएको छ । 

पहिरो गएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले आवश्यक उद्धार तथा यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १३:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया