१४औँ महाधिवेशनको रणनीतिका लागि  रामचन्द्र पौडेलले बोलाए समूहको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  १४औँ महाधिवेशनको रणनीतिका लागि आफू पक्षधर नेताहरुको बैठक बोलाएका छन् । 

महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता पौडेलले रणनीतिक बैठक डाकेका हुन् । बैठक बिहीबार दियालो फुडल्याण्डमा बस्ने बताइएको छ । 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका पौडेल आगामी महाधिवेशनमा पनि सभापतिमा उठ्ने तयारी गरेका छन् । 

पौडेलले आफ्नो समूहमा छलफल गरेर मात्र औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । अघिल्लोपटक कृष्ण सिटौला पक्षको समर्थन नपाएका कारण पराजित भएका उनी यसपटक सिटौलालाई मनाउने प्रयासमा छन् । 

कांग्रेसको संस्थापन पक्षबाट यसपटक सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले पनि महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १६:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया