कोरोनाको तेस्रो लहर रोक्नै सकिँदैनः चिकित्सक

भारतमा कोरोनाको दोस्रो लहरले ठूलो क्षति पुर्याइसकेको छ । तर, अब भारतीय चिकित्सकहरु कोरोनाको तेस्रो लहरका विषयमा चिन्तित हुन थालेका छन् । 

भारतको सबैभन्दा ठूलो अस्पताल एम्सका निर्देशक डा. रणदीप गुलेरियाले पनि कोरोनाको तेस्रो लहर रोक्न नसकिने बताएका छन् । तर, यो हाम्रो व्यवहारमा निर्भर हुने पनि उनले बताएका छन् ।

उनले कोरोनाभाइरसको तेस्रो लहर आए पनि त्यसबाट बच्नका लागि तीन विशेष काम गर्नु पर्ने बताएका छन् ।

उनले सबैभन्दा पहिले यो महामारी रोक्नका लागि स्वास्थ्य मापदण्डहरु अपनाउनु पर्ने बताएका छन् । मास्क लगाउनु, स्यानिटाइजर प्रयोग गर्नु र भौतिक दूरी कायम गर्नु नै उत्तम उपाय हुने पनि उनले बताएका छन् ।

उनले कन्ट्याक्ट ट्रेसिङ गर्नु पनि निकै महत्वपूर्ण हुने पनि बताएका छन् । यसका साथसाथै भ्याक्सिनको प्रबन्ध पनि निकै महत्वपूर्ण हुने उनले बताएका छन् ।
 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ०:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया