‘ती दुश्मनसँग कसरी सम्बन्ध बनाईरहेको छ चीनले ?’

एजेन्सी– इरान, इजरायल र साउदी अरब मध्यपूर्वका शक्तिशाली राष्ट्र हुन् । तर, यी तिनै देशको सम्बन्ध एकआपसमा खासै राम्रो छैन । विशेषज्ञहरु यी तीन देशलाई एकअर्काका कट्टर विरोधी मान्छन् । विश्व सम्बन्धमा सबैभन्दा आश्चर्यको कुरा के भने यी तीनै देशसँग चीनको अत्यन्त राम्रो सम्बन्ध छ । आखिर यो कसरी सम्भव भयो त ? बिबिसीले यस विषयमा एउटा रिपोर्ट तयार पारेको छ ।

वास्तवमा इरान, साउदी अरब र इजरायलले एकअर्कालाई निकै शंकास्पद हिसाबमा हेर्छन । त्यसैले यी तीनको सम्बन्धमा सधैं खटपट परिरहन्छ । इरान र साउदी अरब अहिले पनि आफ्ना सहयोगीको साथमा सिरिया, यमन तथा प्लोस्टाइनमा युद्ध लडिरहेका छन् । दुवै देशले इजरायलको कडा आलोचना गर्छन । र इजरायलसँग कुनै कुटनीतिक सम्बन्ध पनि राखेका छैनन् ।

इरानको परमाणुको विषयलाई इजरायल र साउदी अरबले खतरा मान्छन् । इजरायल र साउदी अरबलाई अहिले अमेरिकाका सबैभन्दा नजिकका सहयोगी मानिन्छ । उता इरान र अमेकिारको सम्बन्ध अहिले राम्रो छैन । तर, अचम्म लाग्ने तरिकाले चीनले यी देशसँग राम्रो सम्बन्ध बनाएको छ र यी देशको कटुताले चीनसँगको सम्बन्धमा कुनै असर पनि गरेको छैन । यी तीनै देशमा चिनियाँ नेतृत्व भ्रमणमा गईरहेका हुन्छन भने यी देशबाट पनि चीनमा उच्चस्तरीय भ्रमण भइरहेका हुन्छन् । 

चीन र इरान सम्बन्ध 

सन् १९७९ को इस्लामिक क्रान्तिपछि सबैसँग सम्बन्ध विग्रिए पनि इरान र चीनको सम्बन्ध झन् बलियो भयो । जब इराक र इरानबीच युद्ध भयो, चीनले इरानलाई सहयोग गर्यो । इरानको परमाणुको विषयलाई लिएर अमेरिका तथा युरोपेली देशहरु इरानबाट टाढिए, चीन झन नजिकियो ।  इरानबाट तेल आयात गर्न थाल्यो । इरान चीनको वान बेल्ट वान रोड परियोजनामा सहभागी भएको छ । पछिल्ला दिनमा अमेरिका र इरानबीच सम्बन्ध झन चिसिँदो छ तर चीनले आफ्नो सम्बन्ध झन बलियो बनाएको छ । 
 

इजरायलमा चीनको लगानी 



इजरायल र चीनको कुटनीतिक सम्बन्ध पनि निके पुरानो हो । पछिल्ला वर्ष चीन र इजरायलबीच आथिृक सम्बन्ध पनि निकै बलियो भएको छ । गत वर्ष चीन पुगेका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले दुई देशबीच २ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए । इजरायलमा वर्षेनी हजारौं चिनियाँ पर्यटक पुग्छन् । इजरायलको औद्योगिक क्षेत्रमा चीनले निकै धेरै लगानी गरेको छ । 
 

चीन र साउदी अरबको सम्बन्ध 



चीन र साउदी अरब सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । तेलको सबैभन्दा ठूलो निर्यात गर्ने र आयात गर्ने यी दुई देशबीच आर्थिक सम्बन्ध निकै बलियो छ । तर, चीनले साउदीको राजनीतिमा खासै चासो दिँदैन । 
 

कसरी सम्भव ? 

चीनको यी तीनै देशसँगको सम्बन्ध यति राम्रो हुनुमा उसले यी देशको राजनीतिमा खासै चासो नदिने तर लगानीमा केन्द्रित भएर अगाडि बढ्नु हो भन्ने अधिकांश विश्लेषक मान्छन् । चीनलाई लागानीको ठूलो महत्व भएकाले नै यो सम्भव भएको हो । यदि उसले राजनीतिक हस्तक्षेप पनि गर्न खोज्थ्यो भने तीनै देशसँग यस्तो सम्बन्ध सफल हुने थिएन । 

  • प्रकाशित मिति : असोज ७, २०७५ आइतबार ११:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया