खोटाङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चुइचम्मा गाउँपालिका-६ छितापोखरी बास्तला निवासी ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको हो।

राई घरमै बसी चिया पिइरहेको अवस्थामा चट्याङ लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । 

यसै गरी चट्याङ लागेर राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना चट्याङ लागी बेहोस भएका थिए । घाइते दुबैको अवस्था सामान्य भएको बताइएको छ । 

राईकाे शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइने तयारी रहेकाे छ ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ६:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया