युरो कप: अन्तिम १६ मा कुन-कुन टिम पुगे ?

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कपको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ ।

युराेपका विभिन्न ११ सहरमा सञ्चालन भइरहेको प्रतियोगिताको बुधबार रातिबाट समूह चरणका खेलहरू सकिएसँगै नक आउट चरणमा पुग्ने १६ टोलीको छिनोफानो भएको हो ।
  
प्रत्येक समूहका शीर्ष दुईमा रहने टोली तथा तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोली पनि अघिल्लो चरणमा स्थान बनाए ।

समूह विजेताका रूपमा इटाली, बेल्जियम, नेदरल्यान्ड, इङ्ल्यान्ड, फ्रान्स र स्विडेन रहेका छन् । 

उप विजेताका रूपमा वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, जर्मनी र स्पेन रहँदा उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा स्विट्जरल्यान्ड, चेक गणतन्त्र, पोर्चुगल र युक्रेन अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । 

२४ टोलीको सहभागिता रहेको प्रतियोगितामा टर्की, फिनल्यान्ड, रुस, उत्तरी म्यासेडोनिया, स्टकल्यान्ड, पोल्यान्ड, स्लोभाकिया र हंगेरी समूह चरणबाटै बाहिरिए ।

अन्तिम १६ का प्रतिद्वन्द्वी



समूह ‘ए’ को उप विजेता र समूह ‘बी’ को उप विजेता

समूह ‘ए’को उप विजेता वेल्सले समूह ‘बी’ को उप विजेता डेनमार्कको सामना गर्नेछ । 



समूह ‘ए’को विजेता र समूह ‘सी’ को उप विजेता

समूह ‘ए’को विजेता इटालीले समूह ‘सी’ को उप विजेता अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ । 

समूह ‘सी’को विजेता र समूह डी/ई/एफ को तेस्रो हुने टोली

समूह ‘सी’ विजेता नेदरल्यान्डको प्रतिद्धन्द्धीको रूपमा समूह ‘डी’को तेस्रो टोली चेक गणतन्त्रलाई रहेको छ । 

समूह ‘बी को विजेता ए/डि/ई/एफ तेस्रो हुने टोली

समूह ‘बी’ को विजेता बेल्जियमले अन्तिम समूह ‘एफ’को तेस्रो हुने टोली पोर्चुगलको सामना गर्नु पर्नेछ ।

समूह ‘डी’को उप विजेता समूह ‘ई’को उप विजेता

समूह ‘डी’को उप विजेता क्रोएसियाले ‘ई’को उप विजेता स्पेनलाई प्रतिस्पर्धीका रूपमा प्राप्त गरेको छ । 

समूह ‘एफ’ को विजेता समूह ए/बी/सी तेस्रो हुने टिम

समूह ‘एफ’ को विजेता फ्रान्सले समूह ‘ए’को तेस्रो हुने टोली स्विट्जरल्यान्डको सामना गर्नेछ । 

समूह ‘डी’ को विजेता समूह ‘एफ’ को उप विजेता 

समूह ‘डी’को विजेता इङ्ल्यान्डले समूह ‘एफ’को उप विजेता जर्मनीसँग प्रतिस्पर्धा  गर्नेछ ।  

समूह ‘ई’को विजेता समूह ए/बी/सी/डी तेस्रो हुने टिम 

समूह ‘ई’को विजेता स्विडेनले समूह ‘सी’ को तेस्रो हुने टोली युक्रेनलाई प्रतिस्पर्धीका रूपमा पाएको छ ।    


 

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ६:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया