भ्याक्सिन बनाउने सातजना शोधकर्तालाई ‘प्रिन्सेस अफ अस्टुरियस’ पुरस्कार दिइने

कोरोना महामारीबाट त्रस्त विश्वमा यसविरुद्धको भ्याक्सिन आविष्कार हुन नसकेको भए अहिलेको अवस्था कस्तो हुन्थ्यो होला ? यो सम्भावित भयावह अवस्थाको अन्त्य केही शोधकर्ता र वैज्ञानिकले गरिदिए । ती शोधकर्ताको योगदान संसारभर वर्षौंसम्म स्मरण गरिने छ ।

यिनै महान् आविष्कारकमध्ये सातजनालाई स्पेनको प्रतिष्ठित विज्ञान पुरस्कार ‘प्रिन्सेस अफ अस्टुरियस’ पुरस्कार दिइने भएको छ । पुरस्कार पाउनेहरूमा हंगेरीका कटालिन करिको, अमेरिकाका ड्रियु विसमेन र फिलिप फेगनर, जर्मनीका उगुर साहिन र ओजलेम तुरेकी, क्यानडाका डेरिक रोसी तथा बेलायतकी सारा गिल्बर्ट रहेका छन् । 

कोरोनाविरुद्धको भ्याक्सिन दु्रत निर्माणमा यी शोधकर्ताहरूको उत्कृष्ट योगदान रहेको भन्दै बुधबार निर्णायक समितिले पुरस्कारको दिने घोषणा गरेको हो । समितिले भनेको छ– ‘यी शोधकर्ताहरू विज्ञानको इतिहासमा सबैभन्दा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भए । आफ्नो लामो समयको करिअरका साथै उनीहरूले कोरोना महामारीविरुद्धको लडाइँमा निकै कम समयमा सफल भ्याक्सिन विकसित गर्न मद्दत गरे ।’

अस्टुरियस पुरस्कार लियोनोरकी राजकुमारीको नाममा गठित फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । 

यो प्रतिष्ठित पुरस्कार विज्ञानका साथै कला, खेलकुद र सामाजिक विज्ञानसमेत आठ क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिलाई दिइन्छ । 

पुरस्कार अक्टोबरमा स्पेनमा आयोजना हुने विशेष समारोहमा दिइनेछ ।
 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ९:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया