यातायात मजदुरलाई छाक टार्नै समस्या
निषेधाज्ञाका कारण सार्वजनिक यातायत नचलेपछि रौतहट चन्द्रनिगाहपुमा थन्किएका बस ।

रौतहटमा लगाइएको निषेधाज्ञा खुकुलो बन्दै गएपछि व्यापार व्यावसाय बिस्तारै खुल्दै गएका छन् । तर सार्वजनिक सवारीका साधन कहिले खुल्ने हो कुनै टुंगो छैन । 

करिब डेढ महिनादेखि रोकिएको बस तत्काल चलिहाल्ने अवस्था देखिँदैन । अन्य रोजगारी पनि केही नहुँदा यातायात मजदुर हरुलाई अहिले बिहान बेलुका कसरी छाक टार्ने भन्ने समस्याले पिरोलेको छ। 

चन्द्रनिगाहपुर–गौर सडक खण्डमा लामो समयदेखि सवारी चालकको काम गर्दै आएका संजिव यादवले चलाउँदै आएको बस डेढ महिना देखि थन्किरहेको छ । 

अहिले कामबिहीन भएका कारण परिवारलाई खुवाउन समेत परिरहेका उनको गुनासो छ । बस चलाउँदा दैनिक आउने भत्ताले चामल, तरकारी किनेर छाक टर्थ्यो, यादवले भने, यत्रो समय भयो सुको आम्दानी छैन, हाम्रो समस्या हेर्ने कोही भएन।’

रौतहट चन्द्रनिगाहपुरबाट लामो तथा छोटो दूरीका गरी ७२ वटा भन्दा धेरै बस जिल्लाभरी चल्ने गरेको छ । लामो समयको निषेधाज्ञा ले अधिकांश मजदुरको परिवार अहिले खाद्यान्नको समस्या परेको रौतहट बस व्यवसायी सेवा प्रालि चन्द्रनिगाहपुरका इन्चार्ज शैलेस गिरीले बताए । 

रौतहट बस व्यावसायी सेवा प्रालिमा आवद्ध करिब ३०० यातायात मजदुर भोकै बस्ने अवस्थामा पुगेको गिरीको भनाइ छ । त्यसतर्फ कुनै निकायले चासो नदिएको उनको गुनासो छ । 



चन्द्रनिगाहपुरका अर्का मजदुर वीरेन्द्र पटेलको पनि उस्तै गुनासो छ । बिहान बेलुका खानेकुराको व्यवस्था गर्ने पनि गाह्रो परिरहेको उनले सुनाए । राज्यले निषेधाज्ञा तथा बन्दाबन्दीको विकल्प खोजेर यातायात सञ्चालनको व्यवस्था मिलाइदिए आफूहरुलाई राहत हुने पटेल बताउँछन् । 

बन्दाबन्दीका कारण होटल मजदुर पनि उस्तै समस्यामा परेका छन् ।  चन्द्रनिगाहपुरमा खुलेका ठूला होटल बन्द हुँदा त्यहाँ काम गर्ने मजदुर मारमा परेका छन्। जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठूला होटल सबै होटल बन्द छन् । ती होटलमा काम गर्ने मजदुरको रोजगारी नै गुमेको छ । 




 

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १४:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया