नेपालमा जस्ताे एउटै प्रधानमन्त्रीबाट दुई पटक संसद विघटन विरलै हुन्छ : उपेन्द्र यादव
फाइल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एउटै प्रधानमन्त्रीले दुई दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्ने घटना विरलै हुने बताएका छन् । 

विपक्षी गठबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियाका क्रममा यादवले विरलै हुने घटना नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भएको बताए । 

यादवले ओलीले निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहेको भन्दै ओलीकै योजनामा दुई पटक संसद विघटनको प्रयास भएको बताए । विश्वासको मत गुमाएको व्यक्ति प्रधानमन्त्री हुने पनि नेपालमै भएको यादवको भनाइ छ । 

वैकल्पिक सरकारका लागि आह्वान भएको अवस्थामा आफूहरूले दाबी पेस गर्दासमेत नयाँ सरकार नबनेको उनले बताए । यादवले भने, 'हामीले १४९ जनाको हस्ताक्षर बुझाएका थियौँ । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाजी हुन पर्ने हो । तर, ओलीकै निरन्तरता भयो ।' 

यादवले कि त राष्ट्रपतिले म प्रधानमन्त्रीमा ओलीबाहेक अरुलाई देख्न चाहन्न भन्नुपर्ने, नभए वैकल्पिक सरकार बनाउनका लागि कदम चाल्नुपर्ने बताए । उनले आफूहरुको माग कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रहेको बताए । 

यादवले अदालतले आफूहरुलाई न्याय गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरुसँग बहुमत भएकाले आफुहरुको पक्षमा अदालतको फैसला आउने दाबी गरे । 



यादवले भने, 'हामी १४६ जना अदालत गएका छौँ । अदालतबाट न्यायको पक्षमा फैसला आउँछ भन्ने विश्वास छ । हामी ५ दल एक ठाउँमा छौँ । यो प्रतिगमनको विरुद्धमा छौँ ।'



  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया