कोरोना अपडेट : २४७४ जना संक्रमित, २५१८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १२ हजार २३२ नमुना परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार ५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया