राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
फाइल तस्बिर

राष्ट्रियसभाको अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले असार १७ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा संवत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।'





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १७:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया