कृषि, शैक्षिक क्षेत्र, खेलकुद जस्ता कुरालाई प्राथमिकतामा राख्दै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ४५ करोडभन्दा बढी बजेट ल्याएको छ । नवौँ नगर सभामार्फत् बिहीबार आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख तारा शाहीले ४५ करोड ३ लाख ३९ हजार ३२ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारिएको छ । कृषि क्षेत्रमा एक वडा एक नर्सरी, मकै पकेट क्षेत्र, भैंसी तथा दुग्ध प्रवर्धन जस्ता थुप्रै कार्यक्रम अघि सारिएको छ । यस्तै एक टोल एक खेल मैदान निर्माण गर्ने, आयमुलक जैविक मैत्री हरियाली सडक निर्माण गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ ।
वडा नम्बर ६ को लैनचौरलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने, नगर बसलाई दुल्लु नगरपालिकासम्म विस्तार गर्ने साथै बहुप्राविधिक शिक्षालयको नीतिलाई अघि सारिएको छ ।
उपप्रमुख शाहीले कोरोना रोकथाम तथा न्यूनीकरणसँगै विकास निर्माणका कामलाई समेत अघि बढाएको बताइन् । नगरले चालु आर्थिक वर्षमा झन्डै ४२ करोडको बजेट ल्याएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।