भरतपुर महानगरको नगरसभामा पत्रकारलाई भेदभाव
मेयरनिकटका पत्रकारलाई मात्रै प्रवेश दिएकाे आराेप

भरतपुर महानगरपालिकाको नवौँ नगरसभामा रिपोर्टिङ गर्न पुगेका पत्रकारबीच भेदभाव भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा मेयर रेनु दाहालनिकटका पत्रकारलाई मात्रै प्रवेश दिइएको छ । 

नीति तथा कार्यक्रम र बजेटबारे समाचार संकलनका लागि पुगेका चितवन पोस्ट दैनिकका संवाददाता कुलप्रसाद काफ्लेलाई सभाको समाचार संकलन गर्न जाँदा प्रवेशमा रोक लगाइएको छ । 

समाचार संकलनका लागि नगरसभास्थल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा पुगेका काफ्लेलाई मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले रोक लगाएका हुन् । नगरसभामा कार्यपालिका सदस्यको मात्रै उपस्थिति हुने र सूचनाका लागि महानगरले पछि पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकार काफ्लेलाई फिर्ता पठाइएको हो ।

यद्यपि, नगरसभामा मेयर निकटको केही पत्रकार बसेर समाचार संकलन गरेको पाइएको छ । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले नगर सभा कसैको पेवा नभएको भन्दै पत्रकारलाई जान नदिनु राम्रो नभएको बताए । 

नगरसभामा केही पत्रकारहरु पुगेको आफूले जानकारी पाएको भन्दै उनले समाचार संकलन गर्न पुगेका कुनै पनि पत्रकारलाई रोक लगाउन नपाइने बताए । 

मेयरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले भने नगरसभामा पुगेका दुई पत्रकार समाचार संकलनका लागि नभई फोटो र भिडियो खिच्नका लागि मात्रै गएको बताएका छन् ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १९:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया