काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्ना कामहरुप्रति गम्भीर भएर अगाडि बढेको बताएका छन् ।
‘स्वास्थ्य खबरपत्रिका’को वार्षिकोत्सवमा चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श आजको आवश्यकता भएको बताएका हुन् ।
राजनीतिक र संवैधानीक दृष्टिकोणले देश नयाँ मोडमा रहेको भन्दै प्रचण्डले ठूलो संघर्ष र बलिदानीले यो अवस्थासम्म आइपुगेको स्मरण गरे ।
‘म डेढ वर्षअघि भारत जाँदा रामदेव बाबाको औषधि उत्पादन गर्ने ठाउँमा पुगेको थिएँ,’ उनले भने, ‘रामदेव आफैंले मलाई फ्याक्ट्री देखाउन लैजाँदा त्यहाँ प्रयोग भएका सबै जडिबुटी नेपालका भएको बताउनुभएको थियो ।’ त्यसैले पनि नेपालका जडिबुटीबारे सबैले ध्यान दिनु पर्ने उनको तर्क थियो ।
राजनीति स्थिर नभइ कुनै कुराको पनि फलदायी परिणाम नआउने भन्दै उनले सबै क्षेत्रको विकासका लागि सबैभन्दा पहिले राजनीति स्थिर हुनु पर्ने जिकिर गरे ।
अब विकास र समृद्धीबाट अघि बढ्नपर्ने जिम्मेवारी सबैको काँधमा रहेको उनले बताए । स्वास्थ पर्यटनको लागि नेपालको सम्भावनाबारे सबैले सोच्नु पर्ने पनि उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।