किन बोल्दैनन् सरोजसँग राजेश र करिश्मा ?

कुनै समय अभिनेता सरोज खनाल, राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बारम्बार पर्दामा देखिने कलाकार हुन् । उनीहरूले थुप्रै चलचित्रमा सँगै काम पनि गरेका छन् । थुप्रै चलचित्रमा सँगै काम गरेका उनीहरूको मित्रता पनि छायांकन ताका खुब देखिन्थ्यो ।

सरोज, राजेश र करिश्माको मात्रै होइन, चलचित्र छायांकनका बेला गहिरो दोस्ती देखाउने थुप्रै कलाकारको मित्रता छायांकन स्थलबाट निस्कँदासम्म पातलो भइसकेको हुन्छ । अभिनेता सरोज खनालले पनि अहिले आफूहरूको मित्रता सामाजिक सञ्जालमा मात्रै सीमित भएको बताएका छन् ।

सरोजले ३ जनाको एउटा तस्वीर पोस्ट गर्दै चलचित्रमा व्यस्त हुँदा पनि बेलाबेला भेट हुन्थ्यो तर हिजोआज बोलचाल समेत हुन छाडेको उल्लेख गरेका छन् । उनले तीनै कलाकार फुर्सदमा रहँदा पनि वर्षाै‌ंसम्म भेटघाटको कुरा त परै रह्यो, सामान्य बोलचालसमेत नभएको भन्दै मन दुखाएका छन् ।  यो बढेको दूरीप्रति सरोजले असन्तुष्टि जनाएका छन् ।

सरोजले पोस्ट गरेको सोही तस्वीरमा करिश्माले सहमति जनाउँदै कमेन्ट गरेकी छिन् । उनले कमेन्टमा लेखेकी छिन्, ‘सही कुरा ।’ सरोजले उक्त पोस्ट करिश्मालाई मात्रै ट्याग गरेका छन् ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १४:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया