गण्डकीमा दीपक मनाङेले अझै पाएनन् मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले अस्थायी भनेर गरेको कार्यविभाजनमा पनि राजीव गुरुङ उर्फ दीपक मनाङेलाई कुनै जिम्मेवारी दिइएको छैन । 

आज गरिएको कार्यविभाजन अनुसार त्यहाँ शिक्षा, सँस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कुमार खड्कालाई दिइएको छ । त्यस्तै, हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानीको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यको जिम्मेवारी मधुमाया अधिकारीले पाएकी छिन् । 

दीपक मनाङेले चाहिँ कुनै मन्त्रालय अहिलेसम्म पाएका छैनन् । उनले यसपटक आफूलाई भौतिक, पूर्वाधार तथा शहरी विकास मन्त्रालय चाहिने दाबी गरेका छन् । 

यसअघि उनी एमाले नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए ।

मुख्यमन्त्री पोखरेललाई सहयोग गरेको जनमोर्चा अहिले सरकारमा सहभागी भएको छैन । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १४:३७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया