मोबाइलको खर्च कम गर्न अपनाउनुस् यस्ता तरिका

तपाईं एक महिनामा मोबाइलमा मात्रै कति खर्च गर्नुहुन्छ ? १ सय, २ सय, ५ सय, हजार वा त्योभन्दा अझ बढी ?

अहिले धेरै मानिसले मोबाइल फोनमा धेरै खर्च भयो भन्ने गुनासो गरेको सुनिन्छ । ‘मोबाइलमा सय रुपैयाँ राख्यो बेलुका सकिन्छ यार,’ अहिले अक्सर युवाले सुनाउने गरेको प्रतिनिधि गुनासो हो यो । 

किन बढिरहेको छ मोबाइलमा खर्च, कहिल्यै याद गर्नुभएको छ ? यी तरिका अनपाए तपाईंलाई केही राहत हुन सक्छ । 


१. साथी सर्कल बनाउने 

अहिले विभिन्न मोबाइल सेवा प्रदायक कम्पनीहरूले एउटा सुविधा दिएका छन्– साथी सर्कल वा फेमिली सर्कल । हामी नियमित सबैसँग कुरा गर्दैनौं । एउटा निश्चित साथी सर्कलसँग वा परिवारसँग मात्रै हामी कुरा नियमित हुन्छ । हामीले मोबाइल प्रयोग गर्दा त्यस्तो सर्कल पहिचान गरेर सम्पर्क गर्दा खर्च कम गर्न सक्छौं । एउटा सर्कलमा राख्नाले मोबाइल कम्पनीले सस्तो शुल्क दिएका हुन्छन् । त्यसैले नियमित लामो कुरा हुने साथीलाई यस्तो सर्कलमा राख्नाले पनि मोबाइलको खर्च बचाउन सकिन्छ । 


२. अन्य सुविधाहरू हटाउने 



दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न विभिन्न सुविधा दिइरहेका हुन्छन् । हामी जानेर वा नजानेर त्यो सुविधा प्रयोग गरिरहेका हुन्छौं । एकपटक प्रयोग गर्दा त्यसको खर्च धेरै नदेखिए पनि त्यसमा नियमित प्रयोगले खर्च बढाउँछ । 

मोबाइल कम्पनीले दिएको त्यस्तो सुविधाको विषयमा पनि चनाखो हुनुपर्छ । कम्पनीले कुनै निश्चित समुदाय वा वर्गको मानिसका लागि त्यो सुविधा दिएको हुन्छ । तर, जानकारी नहँुदा त्यसो सुविधा प्रयोग गर्दा त्यसले फाइदाभन्दा धेरै नोक्सान गर्छ । आपूmलाई अनावश्यक सुविधा लिएर मोबाइलको खर्च बढाउनुबाहेक यसले कुनै लाभ दिँदैन । 



त्यसैले मोबाइल कम्पनीले दिएको सेवाका बारेमा उनीहरूसँग नियमित सम्पर्क गरेर त्यस विषयमा जानकारी लिनुपर्छ । आफ्नो मोबाइलमा अनावश्यक सुविधा भए त्यसलाई हटाउनुपर्छ । 


३. भ्वाइस प्याक वा डाटा प्याक 

प्रायः सबै मोबाइल सेवा प्रदायक कम्पनीले भ्वाइस प्याक वा डाटा प्याक सुविधा दिएका छन् । तर, सामान्यतयाः हामी त्यो प्रयोग गर्दैनौं । मोबाइल कम्पनीले दिएको यस्तो सुविधा प्रयोग गर्दा मोबाइलको खर्च कम गर्न सकिन्छ । हामी धेरै फोन गर्छौं भने वा नियमित डाटा चलाउँदा टेलिकमले धेरै बिल काट्न सक्छ । तर, प्याक प्रयोग गर्दा त्यति नै समय भ्वाइस कल वा डाटा प्रयोग गर्दा कम पैसा पर्न जान्छ । 


४. वाई–फाई भएको बेला डाटा अफ 

अहिले धेरैको घर वा कार्यालयमा वाई–फाई हुन्छ । यस्तो सुविधा भएको बेलामा हामी मोबाइलको डाटा बन्द गरेर पनि मोबाइलको बिल कम गर्न सक्छौं । सकेसम्म इन्टरनेट चाहिएको बेलामा मात्रै मोबाइल डाटा प्रयोग गर्ने । यदि महङ्खवपूर्ण काम छ र इन्टरनेटमा जतिबेला पनि अन हुनु छ भने पनि वाई–फाई कभरेज एरियामा पुगेपछि डाटा अफ गर्दा राम्रो हुन्छ । 


५. ल्यान्डलाइन बन्द 

अहिले प्रायः सबैको हातमा मोबाइल फोन हुन्छ । हामीलाई आवश्यक परेको जुनसुकै बेला पनि यसको प्रयोग गर्न सक्ने भएर पनि यसको प्रयोग बढेको छ । तर, मोबाइल हातमा हुदाँहुँदै घरमा अर्काे ल्यान्डलाइन फोन छ भने त्यो थप खर्च हो । 

ल्यान्डलाइनमा तपाईंले प्रयोग नगरेको बेलामा पनि न्यूनतम शुल्क तिर्नुपर्छ । यसले गर्दा तपाईंको अनावश्यक रुपमा पर्ने आर्थिक भार कम गर्न सकिन्छ । 


६. लामो कुरा भए म्यासेन्जरमा कुरा गर्ने 

अहिले एन्ड्रोइड मोबाइल प्रायः सबैसँग हुन्छ । पछिल्लो समयमा यस्तो फोनमा नयाँ–नयाँ एपको पनि विकास भएको छ । यस्ता एपबाट सजिलै हामी कल गर्न सक्छौं । हामीलाई अत्यावश्यक कलबाहेक अन्य कल वाई–फाई सुविधा भएको बेलामा भाइबर, म्यासेन्जरजस्ता एप्लिकेसनको प्रयोग गरेर कुरा गर्न सकिन्छ । अहिले यस्ता एप्लिकेसनले भिडियो कललगायतका सुविधा पनि दिएको छ । यस्ता एप्लिकेसनको प्रयोगले पनि मोबाइलमा भएको खर्च कम गर्न सकिन्छ ।
 

  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार १०:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया