रौतहटको वृन्दावन नगरपालिकाको पाँचौँ नगरसभा आइतबार सम्पन्न भएको छ । वृन्दावनको पाँचाैं नगरसभाले ५५ करोड ३४ लाख ४६ हजार कुल बजेट विनियोजन गरेको छ ।
संघीय सरकार तर्फबाट ससर्त अनुदान २१ करोड ६ लाख, वित्तीय सामान्यीकरणतर्फ १२ करोड ८५ लाख, राजश्वतर्फ ९ करोड ४८ लाख ३३ हजार रकम विनियोजन गरेको वृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादवले बताए।
त्यसैगरी प्रदेश २ सरकारतर्फ सशर्त अनुदान ८० लाख , वित्तीय सामान्यीकरण ८७ लाख १३ हजार , राजस्व बाँडफाँटतर्फ ३५ लाख , सम्पर्क अनुदान २० लाख र विशेष अनुदानतर्फ ३० लाख रकम नगर सभाले विनियोजन गरेको सो नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए । नगरपालिकाले यस वर्ष आन्तरिक आम्दानी भने ८ करोड संकलन गर्ने उल्लेख गरेको छ ।
वृन्दावन नगरपालिकाको नगरसभासँगै रौतहटका १८ वटा स्थानीय तहमध्ये १५ वटाको नगर सभा सम्पन्न भएको हो । अझै ३ वटा स्थानिय तहको नगरसभा अन्योलमै छ । जिल्लाको गरुडा, देवाही गोनाही र बौधिमाई नगरपालिकाको नगरसभा हुन सकेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।