भौतिक मन्त्रालय नपाए दीपक मनाङेले मुख्यमन्त्री माग गर्ने

गण्डकी प्रदेशमा विनाविभागीय मन्त्री बनेका दीपक मनाङे (राजीव गुरुङ)ले आफूले भौतिक मन्त्रालय नपाए मुख्यमन्त्री माग गर्ने बताएका छन् ।

गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का दुई सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दुई मन्त्रीले रोजेको मन्त्रालय नपाएको भन्दै मुख्यमन्त्रीले तोकेको मन्त्रालयको जिम्मेवारी लिन नमानेका हुन् । 

मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेसका कुमार खड्का र माओवादीकी मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

मन्त्री खड्काले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै अन्य मन्त्रालय मुख्यमन्त्री स्वयंले नै राखेको जानकारी दिएका छन् । विनाविभागीय मन्त्री रहेका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले भने जिम्मेवारी लिन नमानेका हुन् । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १६:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया