अमेजन बन्यो एक ट्रिलियन डलरको मार्केट

एजेन्सी– सन् १९९४ मा किताव बेच्ने कम्पनीको नाममा चिनिएको अमेजन अहिले १८ करोड भन्दा धेरै सामान बेच्ने सबैभन्दा ठूलाे अनलाईन कम्पनी बनेको छ । अहिले यसको कुल सम्पती १ ट्रिलिएन डलर पुगेको छ । अहिले यो अमेरिकाको दोस्रो ठूलो कम्पनी र विश्वको तेस्रो ठूलो कम्पनी बनेको छ । 

यो भन्दा पहिले एप्पल अमेरिकाको एक ट्रिलियन डलरको पहिलो कम्पनी बनेको थियो । अहिले पनि अमेजनको सम्पती एप्पलको भन्दा ९ हजार ९ सय डलर कम छ  । एप्पल भन्दा पहिला सन् २००७ मा संघाइको सेयर बजारमा पेटा«ेचाइना मार्केट भ्यालुएसन एक ट्रिलियन डलरको पुगेको थियो । 

विश्वको सबैभन्दा ठूला कम्पनी

एप्पल          १०९९ अर्ब डलर 
अमेजन      १००० अर्ब डलर 
माइक्रोसफ्ट      ८५६ अर्ब डलर

पछिल्लो १२ महिनामा अमेजनले सेयर मुल्यमा १०८ प्रतिशत भन्दा धेरै बोनस दिएको छ । जनवरीदेखि अहिलेसम्म यसमा ७४ प्रतिशतले मुनाफा पाएको छ । पछिल्लो तीन महिनामा अमेजनले २० प्रतिशत र एक महिनामा १२ प्रतिशत मुनाफा दिएको थियो ।

सन् १९९७ मे १५ मा अमेजनको सेयर मुल्य १८ डलर थियो । तर, अहिले यसको मुल्य २०५० डलर भन्दा माथि उक्लेको छ । आइपिओमा एक हजार डलर लगानी गर्नेको अहिलेको मुल्य १३ लाख ४१ हजार भन्दा धेरै पुगेको छ ।



अहिले विश्वको सबैभन्दा धनि मानिसको लिस्टमा जेफ्रि बेजोस परेका छन् । ब्लुमबर्ग विलिनियर इन्डेक्समा उनको १६६ अर्ब डलर सम्पती रहेको जनाइएको छ । अर्बपतिको सुचिमा ९८ अर्ब सम्पती सहित बिल गेट्स दोस्रो स्थानमा छन् । 



  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार १४:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया