कांग्रेस महाधिवेशन : सुजाता निवासमा पौडेल र सिटौलाको छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच छलफल भएको छ । पार्टी महाधिवेशनमा केन्द्रित रहेर नेताहरुबीच छलफल भएको हो । 

सुजाता निवास मण्डिखाटारमा नेताहरुबीच छलफल भएको हो । वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी पौडेलका अनुसार नेतृ कोइरालाको निमन्त्रणामा सोमबार बिहान उनकै निवासमा लन्च मिटिङ भएको हो । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी यतिबेला कांग्रेस वृत्तमा व्याप्त छ । नेताहरुले महाधिवेशनका लागि आफ्नो तयारी सुरु गरेका छन् । यसै सन्दर्भमा सुजाता निवासमा नेताहरुबीच छलफल भएको हो । 

आजको छलफलमा नेताहरुबीच मुख्यगरी कांग्रेसको महाधिवेशनसँग सम्बन्धित रहेर छलफल भएको पौडेलले बताए । आजको छलफलमा महाधिवेशनमा उम्मेदवारीदेखि अहिले देखिएको क्रियाशील सदस्यता विवादबारेमा छलफल भएको उनले बताए । 
 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १७:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया