आइसिसी टी–२० विश्वकप युएई र ओमानमा हुने

आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने तय भएको आइसिसी पुरुष टी–२० विश्वकप अब युएई र ओमानमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सूचना जारी गर्दै प्रतियोगिता अक्टोबर १७ नोभेम्बर १४ सम्म आयोजना हुने जनाएको हो ।

 टी–२० विश्वकप युएर्ईका तीन क्रिकेट मैदान दुबई अन्तर्राष्ट्रिय, अबुधाबीस्थित शेख जायद र सारजहा तथा ओमानको ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआएई)ले आइसिसीसमक्ष कोरोना महामारीका कारण विश्वकप भारतबाट युएईमा सार्ने प्रस्ताव राखेको थियो ।

यो प्रतियोगिता युएई र ओमानमा हुने भए पनि आयोजकका रुपमा भने बिसिसीआई नै रहनेछ । 

युएई र ओमानमा हुने प्रतियोगिताको पहिलो चरणमा श्रीलंका, बंगलादेश, ओमान, नामिबिया, स्कटल्यान्ड, आयरल्यान्ड, पपुवा न्युगिनी र नेदरल्यान्डसले प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा शीर्ष ४ भित्र रहने टोलीले सुपर १२ मा स्थान बनाउनेछन् । 



यी टोलीले सुपर १२ मा भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, इंग्ल्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।  



  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १८:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया