गाउँपालिका केन्द्र जाने सडकमा रोपाइँ

कैलालीको चुरे गाउँपालिका जाने सडक हिलाम्मे भएको छ । असारमा आएर सडक स्तरोन्नति सुरु भएपछि सडक यत्रतत्र हिलाम्मे भएको हो । गाउँपालिका केन्द्र जाने बाटो हिलाम्मे भएपछि स्थानीयले सांकेतिक विरोध स्वरुप सडकमै रोपाइँ गरेका छन् ।

१५ असार मंगलबार किसानदेखि मन्त्रीसम्म विभिन्न ठाउँमा राष्ट्रिय धान दिवस मनाई रहँदा चुरे गाउँपालिकावासीले सडकमै दिवस मनाएका हुन् । 

सुगम जिल्ला कैलालीको दुर्गम गाउँपालिका चुरेमा सडक हिलाम्मे हुँदा किसानले उत्पादन गरेका वस्तुहरू बजारसम्म पुर्‍याउन सास्ती भएको छ । सहजपुरदेखि चुरे गाउँपालिका जाने बाटो असारमा आएर स्तरोन्नति भइरहेका हो । चुरे गाउँपालिका ३ का टीकाराम ढुंगानाले सडक हिलाम्मे हुँदा हिँडडुल गर्न समस्या भएको गुनासो गरे ।

‘हिउँदमा सुख्खा भएका सडकमा असारमा आएर डोजर हाल्दा यस्तो भएको हो’, उनले भने, ‘यसले गर्दा स्थानीयहरूले आफूले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउन समस्या भएको छ ।’

गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म उत्पादन भएका तरकारी, फलफूल बजारमा पुर्‍याउन समस्या भएको अर्का स्थानीय खगेन्द्र खडायतले गुनासो गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ वर्ष बित्दा पनि गाउँपालिका केन्द्र जाने सडक व्यवस्थित नबनेको उनले गुनासो गरे । वर्षा सुरु भएसँगै गाउँपालिका अधिकांश सडक हिलाम्मे भएका छन् ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १९:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया