आमासम्म पुगेको थियो मेरो अश्लील भिडियो: राधिका अप्टे

बलिउड अभिनेत्री राधिका अप्टे फिल्ममा आफ्नो अभिनयको साथै बोल्ड अभिव्यक्ति तथा बोल्ड सिनका कारण प्रायः चर्चामा आइरहन्छिन् । उनले ‘बदलापुर’, ‘पाच्र्ड’ र ‘लस्ट स्टोरी’जस्ता केही फिल्ममा आफ्नो अभिनयका कारण लाखौँ फ्यानको मन जितेकी छिन् । राधिका अप्टेका केही नग्न भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । उक्त भिडियोलाई लिएर राधिका अप्टेले केही कुराको खुलासा गरेकी छिन् ।

हालै राधिका अप्टेले फेसन डिजाइनर अनिता श्राफ अदजानियाको सो ‘फिट अफ विद द स्टार्स’मा अतिथि भएर गएकी थिइन् । उक्त सोमा राधिका अप्टेले अनितासँगको सवाल–जवाफमा बताइन्, ‘मेरा केही नग्न भिडियो जब सामाजिक सञ्जालमा भाइरल भयो, कसैले मेरो एक भिडियो मेरी आमालाई पठाइदिएका थिए । यो कुरा मेरी आमा आफैँले मलाई बताउनुभएको थियो ।’ उनले अझै भनिन्, ‘मेरो ड्राइभरसम्म पनि मेरो उक्त भिडियो पुगेको थियो । त्यो समयमा मलाई बिल्कुल राम्रो लागेको थिएन ।’ 

उनले आफ्नो कुरा अगाडि बढाउँदै अझै भनिन् कि उनी र उनका परिवारलाई यस किसिमको भिडियोले कुनै असर गर्दैन । राधिका अप्टे निर्देशक अनुराग कश्यपको फिल्म ‘पाच्र्ड’को नग्न भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसका कारण उनी लामो समयसम्म चर्चामा रहेकी थिइन् ।
 





  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार २१:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया