धोबीचौरमा नेविसंघको मसाल जुलुस प्रदर्शन

नेपाल विद्यार्थी संघले मंगलबार साँझ काठमाडौंको धोबीचौरस्थित पब्लिक युथ क्याम्पसअगाडि मसाल जुलुस प्रदर्शन गरेको छ । संसद् विघटन, मूल्यवृद्धिलगायतको विरोधमा नेविसंघले निरन्तर प्रदर्शन गर्दै आएको छ । 

मसाल जुलुसपछि प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । सरकार अधिनायकवादी र स्वेच्छाचारी बनेको र उसको कदम नसच्चिएसम्म प्रदर्शन जारी राख्ने नेविसंघकी महामन्त्री उर्मिला थपलियाले बताइन् । 

प्रहरीले प्रदर्शनमा सहभागी तीन विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सागर खत्री, प्रज्वल अधिकारी र सागर भट्ट छन् ।

नेवि संघलगायत पाँच विद्यार्थी संगठनको संयुक्त संघर्ष समितिले असार १६ गते देशभर प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार २०:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया