जिम्न्यास्टिक पूर्वाधार निर्माण गर्न थिमीले दियो जग्गा

जिम्न्यास्टिक खेलको कभर्डहललगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।

त्यस सम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३ रोपनी ९ आना २ पैसा क्षेत्रफलको जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराएको हो । 

उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र जिम्न्यास्टिक संघ समेत मिलेर जिम्न्यास्टिक कभर्डहललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्यास्टिक संघले गर्ने सहमति भएको छ ।

उक्त कार्यक्रममा जिम्न्यास्टिक संघका सह अध्यक्ष किशोरबहादुर सिंह, महासचिव मुकुन्दराज शर्मा, सचिव वचन देउजा, राखेपअन्तर्गत कानुन शाखाका प्रमुख नारायणराज अर्याल, नगरपालिका कर्मचारीलगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार २१:३१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया