तनहुँमा खेतमा पानी लगाउन गएका एक जनाको डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका-८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको हो ।
विकलाई खेतमा मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको बताएका छन् ।
विक निरन्तर वर्षा भइरहँदा पनि खेतमा पानी लगाउन भनी गएका थिए ।
शव परीक्षणका लागि दमौली अस्पताल लगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।