एमालेको केन्द्रीय कमिटी बैठक : ओलीको छेउमा वामदेव

नेकपा एमालेको केन्द्रीय कमिटीको १३औँ बैठक बालुवाटारमा जारी छ । १०औँ महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीमै फर्किएको एमालेको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । 

सर्वोच्च अदालतले महाधिवेशन आयोजक समितिलाई वैधता नदिएपछि एमालेको ०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठक बालुवाटारमा आज बसेको हो । बैठकमा असन्तुष्ट माधव नेपाल पक्षलाई पनि बोलाइएको छ । 

तर, नेपाल पक्षले भने आजको बैठकमा उपस्थित नहुने निर्णय गरिसकेको छ । हिजो बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

पार्टी एकता हुनुपर्ने मत राख्दै आएका गौतम भने अहिलेसम्म कतै देखिएका छैनन् । उनको आजको यो बैठकमा भएको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १२:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया