बाजुरामा बाढीले बगायो दुई पसल, दर्जन पसल जोखिममा

बिहीबार राति अविरल वर्षासँगै आएको बाढीले बाजुराको बाम्का बजारमा क्षति पुर्‍याएको छ । 

जिल्लाको बुढीगंगा नगरपालिका-६ बाम्का बजारको छेउमा रहेको छडा खोलामा आएको बाढी बजारमा पसेपछि दुई पसलसहित अन्य पसलमा क्षति गरेको बार्जुगाड प्रहरी चौकीले जनाएको छ । 

बाजुराको छडा खोलामा आएको बाढीले दुईवटा पसल बगाएको छ । खोलामा आएको बाढी बाम्का बजारमा पसेपछि एक होटेल र एक ग्यारेज पसल बगाएको हो । बजारमा होटल व्यवसायी गर्दै आएका त्रिवेणी नगरपालिकाका लोकेश नाथको होटेल र सोही नगरपालिकाका ग्यारेज सञ्चालन गर्दै आएका मनबहादुर थापाको पसल बगाएको बार्जुगाड प्रहरी चौकीका सई रामबहादुर थापाले जानकारी दिए ।

बाम्का बजारका एक दर्जनभन्दा बढी पसलभित्र पानी माटो पसेर पसलमा क्षति भएको थापाले बताए । छडा खोलामा आएको बाढीले पसलहरुको पछाडि भागबाट कटान गर्दा पसलहरूमा क्षति गरेको हो । 

सई थापाका अनुसार दर्जन बढी पसलमा पानी पसेर क्षति भएको छ ।

बाम्कामा रहेका विभिन्न पसलहरुमा पानी पसेपछि सिमेन्ट, दैनिक उपभोग्य सामान, मोटरसाईकल मर्मतका पाटपूर्जा, टायर लगायत धेरै सामग्री केही बगाएको छ । 
 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १५:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया