राज्यमन्त्री शर्माले राजीनामा दिँदा लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई थप अफ्ठ्यारो

लुम्बिनी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । 

जनता समाजवादी पार्टीबाट राज्यमन्त्री रहेकी रायमाझीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारलाई पार्टीको समर्थन नरहेको भन्दै पदबाट राजीनामा दिएकी हुन् । 

आफ्नो पार्टीले पोखरेल नेतृत्वको सरकारलाई समर्थन नदिएका कारण आफूले सरकारमा बसेर निरन्तरता दिन नसक्ने भन्दै रायमाझीले राज्यमन्त्री पदबाट शुक्रबार राजीनामा दिएकी हुन् । 

लुम्बिनीमा ६ जना प्रदेश सांसद रहेको जसपाबाट ४ जना सरकारमा मन्त्री भएका थिए । जसमध्ये रायमाझीले राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेललाई थप संकट पर्नसक्ने देखिएको छ । 





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १६:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया