गोपिचन्द्रको विषयमा तिनै पक्षले निकालेको स्पष्टीकरण शंकास्पद र गैरजिम्मेवार : नेपाल लोकतान्त्रिक संघ

नेपाल लोकातान्त्रिक खेलकुद संघले अन्तिम समयमा आएर गृष्मकालीन ओलम्पिकका लागि सहभागिता जनाउने खेलाडीको विषयमा भएको गैरजिम्मेवारी  कार्यको भर्त्सना गरेको छ ।

संघले शुक्रबार विज्ञप्ति निकाल्दै अन्तिम समयमा आएर गोपिचन्द्र पार्कीको स्थानमा सरस्वती चौधिरीलाई टोकियो ओलम्पिकमा सहभागी गराउने निर्णयप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

‘ओलम्पिक सुरु हुनुभन्दा २० दिन अगाडि मात्र विश्व एट्लेटिक्स संघले कोटा परिवर्तन भएको जानकारी पठाएको भन्ने ब्यहोराको पत्रमा नेपाल एट्लेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र नेपाल ओलम्पिक कमिटीका अध्यक्षको सामूहिक हस्ताक्षरसहित आएको स्पष्टीकरणले यस विषयलाई अझै शंकास्पद र गैरजिम्मेवार रहेको भन्ने शंकालाई पुष्टि गरेको छ,’ संघका सचिव मनीष जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले गोपिचन्द्रले प्रतियोगिताका लागि अथक प्रयास गरिएको भन्ने विषयमा तिनै पक्षले स्पष्ट सूचना र जवाफदेहिताको पारदर्शिता देखाउन माग गरेको छ ।

‘यदि आफ्नो गल्ती वा कमीकमजोरीका कारण कुनै खेलाडीको भविष्यमाथि खेलवाड गरिएको हो भने त्यो क्षमा गर्न लायक विषय होइन । तसर्थ यो यस विषयमा कहाँ, कुन प्रकारको प्रयास, कहिलेबाट भएको थियो भन्ने कुराको स्पष्ट जानकारी खेलाडी, खेलकर्मी र समग्र राष्ट्रलाई गराउनुपर्छ जसका कारण भविष्यमा खेलाडीलाई मनोवैज्ञानिक असर नपरोस् ।

अन्यथा खेलाडीमा ओलम्पिक खेल्ने देशका लागि पदक जित्ने भन्दा पनि आफ्नो नाम हट्ने हो कि भन्ने चिन्ता छाउने छ र यसले गर्दा पूरा नेपाली खेलकुदमै असर गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।



संघले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पाँच खेलाडी गौरिका सिंह, एलेक्स शाह, सरस्वती चौधरी, सोनिया भट्ट र कल्पना परियारलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ ।

कारोनामहामरीका कारण १ वर्ष पछाडि धकेलिएको ओलम्पिक प्रतियोगिता यही जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियो सहरमा हुनेछ ।



  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १७:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया