महिला भलिबलको प्रारम्भिक टिमबाट ९ खेलाडी बाहिरिए

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि घोषणा भएको प्रारम्भिक टोलीबाट ९ खेलाडी बाहिरिएका छन् ।

फिलिपिन्समा अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाल भलिबल संघले २७ खेलाडीलाई प्रारम्भिक टोलीमा राखेर असार १ देखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

प्रारम्भिक टोलीमा ३० खेलाडी बोलाइएको भए पनि विभागीय टोली नेपाल पुलिस क्लबका तीन खेलाडी भने प्रशिक्षणमा उपस्थित भएका थिएनन् । 

मनवीर छन्त्यालको संयोजकत्वमा रहेको छनोट सिमितिको सिफारिसका संघले १८ खेलाडी छनोट गरेको हो ।

नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

टोलीमा परेका खेलाडी



अरुणा शाही, प्रतिभा माली, उषा विष्ट, रेश्मा भण्डारी, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारू, मनीषा चौधरी, सोफिया पुन, कविता भट्ट, सुनिता खड्का, रिया कुँवर, सरस्वती जैसी, सलिना श्रेष्ठ, उषा भण्डारी, लक्ष्मी चन्द, जानकी भण्डारी र कृपा अधिकारी 

बाहिरिएका खेलाडी



कमला पुन, बाल्मिका आचार्य, झरना श्रेष्ठ, सुष्टि खड्का, सरस्वती कट्टेल, हिरा केसी, शान्तिकला तामाङ, पूजा चौधरी र संगम महतो ।

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १७:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया