बाथरुम जान्छु भनेकी किशोरी नफर्किएपछि...
सांकेतिक तस्बिर

कञ्चनपुर भीमदत्त नगरपालिका-१८ मा भाडामा बस्दै आएकी अन्दाजी १४ वर्षीया किशोरी बी क्षेत्री (नाम परिवर्तित) बिहीबार राति अचानक कोठाबाट बाहिरिइन् । आमासँगै सुतेकी ती किशोरीलाई आमाले कता जान्छस् भन्दै प्रश्न गर्दा उनले भनिन्, ‘बाथरुम जान्छु मम्मी ।’ तर, ती किशोरी लामो समयसम्म नफर्किएपछि आमा उनको खोजीमा गइन् ।

उनले नजिकैको कोठामा भाडामा बस्ने एक किशोरसँग शारीरिक सम्बन्ध राखेको प्रत्यक्ष देखिन् । स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत गर्ने अन्दाजी १५ वर्षका सी डगौरा (नाम परिवर्तित) किशोरसँग छोरीलाई रक्ताम्मे अवस्थामा भेटाइन् ।

रक्ताम्मे सँगैको दृश्य देख्दा आमाले तुरुन्त लाठी चलाउन सुरु गरिन् । उनको मरणासन्न कुटाइबाट किशोर घाइते भए । किशोरीकी आमाको  कुटाइबाट डगौराको टाउको, घाटी र छातीमा चोट र किशोरीको पिठ्युँमा चोट रहेको प्रत्यक्षदर्शीले बताए ।

ती किशोरले रातिको ३ बजे घरमा फोन संवाद गरे । उक्त घटनाका बारेमा छिमेकी कोठामा बसेकाले समेत थाह पाए । सबै जम्मा भए । किशोरको अवस्था गम्भीर भएपछि कैलालीको धनगढी उपचारका लागि लगिएको एक प्रत्यक्षदर्शीले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार सो राति अरूको उपस्थिति हुन नपाएको भए घटनाले अर्कै रूप लिन सक्थ्यो ।

तर, घटनामा घरमा बस्ने सबैको उपस्थितिले सम्भावित दुर्घटना हुनबाट जोगिएको हो । किशोर उपचारपछि आफ्नो घर फर्किसकेका छन् । किशोरको सिटी स्क्यान रिपोर्ट भने आउन बाँकी छ । आपसी हिमचिम र समझदारीमा सम्पर्कमा रहेका उनीहरूको सम्बन्धको दृश्यको अवस्थाले धेरैलाई चकित बनाएको छ । समाजमा व्याप्त समस्यालाई लिएर ती किशोरीको भविष्य कस्तो रहला भन्नेमा जानकारहरू चिन्तित देखिएका छन् ।

सोही राति उक्त क्षेत्रमा पुगेका अर्का प्रत्यक्षदर्शीका अनुसार भाडा बढाई केही रकम तिरेर उक्त अवस्था साम्य पारिएको छ । किशोरले कोठा खाली गरेर आफ्नो घर फर्किसकेका छन् । किशोरी र उनका आमा भने सोही घरमा छन् । घटनाको बारेमा प्रहरीलाई भने जानकारी नदिएको स्थानीयहरूले बताएका छन् । किशोरीको आमा र छोरी मात्र घरमा रहेको स्थानीयले बताए ।



एक महिना पहिले उक्त घरमा डेरामा बसेका ती किशोर र किशोरी बीच आपसी हिमचिम बढेपछि म्यासेजरमार्फत् राति कोठामा भेटिएका उनीहरू फसादमा परेको स्थानीयहरू बताउँछन् ।



  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १८:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया