एसइईको नतिजा साउनभित्र प्रकाशन गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा साउनभित्र प्रकाशित गर्ने तयारी गरेको छ । 

यस वर्ष पनि अघिल्लो वर्षझैँ विद्यालयहरुले आन्तरिक मूल्यांकन गरेर बोर्डमा नम्बर पठाएका छन् । सो नतिजा साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएके छ । 

यसका लागि बोर्डले शुक्रबार नेपाल सरकारलाई पत्राचार गरेकाृ छ । सरकारको निर्णय आएसँगै नतिजा प्रकाशनको काम अघि बढ्ने आयोगको भनाइ छ । 

विद्यालयहरुले आन्तरिक मूल्यांकन गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा नम्बर पठाएका छन् ।  

यो महिनाको मसान्तसम्ममा बोर्डमा ती नम्बर आइपुगेपछि नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १६:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया