चिकित्सकको स्विकृतिबिना औषधी खरिद-बिक्री  गर्ने २ जना पक्राउ

कैलाली प्रहरीले धनगढीबाट चिकित्सकको स्वीकृतिबिना औषधी खरिद-बिक्री  गर्ने २ जनालाई  पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार धनगढी उप-महानगरपालिका १ एलएन चोकमा पक्राउ गरेको हो । उनी धनगढी उपमहानगर १३ का २१ वर्षका सोमराज जोशी हुन् । यस्तै महानगरपालिका ५ बस्ने वर्ष २३ का करन चौधरीलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट चिकित्सकको स्वीकृतिबिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन-७५ का २ क्याप्सुल र प्रेग्यास्टार-१५० लेखेको १२ क्याप्सुल बरामद गरेको छ । 

अनुसन्धानका क्रममा उनले ती औषधी धनगढी-१ स्थित अस्पताल लाइनमा रहेको सन्तोष मेडिको प्रालिबाट खरिद गरेको भन्ने जानकारी दिएका थिए । त्यसपछि कैलाली प्रहरीको टोलीले उक्त मेडिकलमा छापा हान्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन-७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार-१५० का ६१५ क्याप्सुल फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभाग नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १८:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया