सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास छ : कांग्रेस प्रवक्ता

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने विश्वास व्यक्त गरेका छन् । 

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले आइतबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन’ विषयक अन्तरक्रियामा प्रवक्ता शर्माले सर्वोच्चले संविधानलाई पुनर्जीवन दिने बताएका हुन् । 

 ‘न्यायको फैसला गरिँदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ,’ प्रवक्ता शर्माले भने, ‘त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरुको छ ।’

प्रवक्ता शर्माले विद्यार्थी आन्दोलन समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार २०:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया