संवैधानिक इजलासमा बहस अन्तिम चरणमा

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । रिट निवेदकको जवाफी बहस सकिएर एमिकस संवैधानिक इजलासले रायका लागि झिकाएका एमिकस क्युरीको बहस सुरु  भएको छ । 

एमिकस क्युरीका तर्फबाट सुरुमा बहसका लागि राघव वैद्य आएका छन् । इजलासले एमिकस क्युरीका रुपमा ४ जनालाई तोकेको छ । २ घण्टाको समय दिइएको छ ।

एमिकस क्युरीमा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक छन्  भने सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन्।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १४:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया