कञ्चनपुरमा मदिरा सेवनपछि कुटाकुट : एकको मृत्यु, ५ पक्राउ
सांकेतिक तस्बिर

कञ्चनपुरमा मदिरा सेवनपछि कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति दुई जनाबीच मदिरा सेवनपछि भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो । 

कुटपिटपछि भीमदत्त नगरपालिका-९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

कुटपिटपछि घाइते भएका बोहराको महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक बोहरा र स्थानीय प्रकाश पालबीच मदिरा सेवनपछि कुटपिट भएको स्थानीयले बताएका छन् । 

प्रत्यक्षदर्शीका अनुसार उनीबीच मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको पत्ता लागेको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले बताए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ । 

मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् । घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १७:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया