सडकमा मनपरी : न अनुगमन, न कारबाही
वीरेन्द्रनगर–६ स्थित सनिहल लाइन सडकमा जथाभावी थुपारिएको ढुङ्गा, बालुवा । तस्बिरः वसन्त भण्डारी

वीरेन्द्रनगर–६ स्थित सनिहल लाइनबाट प्रगति टोल जाने सडक गत आर्थिक वर्षमा मात्रै निर्माण गरिएको हो । सडक निर्माण गरेको बल्ल एक वर्ष पुगेको छ तर सडक बेवारिसे अवस्थामा छ । 

सवारी साधनको अत्याधिक चाप रहने उक्त सडक व्यक्तिहरुले मनपरी प्रयोग गरी कब्जा गरिरहेका छन् । सडकमा लामो समयदेखि ढुंगा, बालुवा, माटो थुपारिन थालिएको छ ।

यसले गर्दा सडक भत्किने अवस्थामा पुगेको छ । वीरेन्द्रनगर–६ को मात्रै हैन बजार क्षेत्रका अन्य सडकहरूको अवस्था पनि उस्तै छ । बजार क्षेत्रमा पाइप विछ्याउन मनपरी सडक भत्काउने, ढुंगा गिट्टी बालुवा जथाभावी फ्याँक्ने गर्दा सडक साँघुरो हुनुका साथै छोटो समयमा नै कालोपत्रे उक्किने, नाला बन्द हुँदा वर्षा यामको भेल सडकमा आउने गरेको छ। 

वीरेन्द्रनगरको निर्माणाधीन फेरलेन सडक, बीच बजार तथा विभिन्न गल्ली–गल्लीमा स्थानीयले सडक ओगट्दा दुर्घटना हुने समेत जोखिम बढेको छ । अधिकांश सडक कच्ची रहेको वीरेन्द्रनगरमा पछिल्लो समय वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकारले कालोपत्रेको कामलाई तीव्रता दिएका छन् । तर पनि अधिकांश सडक पिच भएका छन् । 

बजार क्षेत्रमा जथाभावी सडक ओगट्ने, आफ्नो काम पर्दा सडक नै भत्काउने जस्ता कारणले सडक छिटै बिग्रिने गरेको छ।

बिग्रिने गरेका छन् । शक्ति र पहुँचका भरमा ठूला व्यक्तिहरुले स्थानीय सरकारको अनुगमनलाई बेवास्ता गर्ने गरेका छन् । 



वडाको सिफारिसमा निर्माण जन्य सामाग्री अन्यन्त्र राख्ने ठाउँ नभएको अवस्थामा केही दिनका लागि मात्रै सडकमा राख्न नगरपालिकाले अनुमति दिने गरेको छ ।

तर ६ महिना, एक वर्षसम्म जथाभावी सडक प्रयोग गरेको पाइएको छ । स्थानीय सरकारको अनुमतिबिना सडक प्रयोग गर्न नपाउने वीरेन्द्रनगर नगरपालिका–६ का अध्यक्ष मोती प्रसाद कंडेल बताउँछन् । ‘त्यसरी जथाभावी सडक प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति प्रयोग गर्नु आफैँमा नराम्रो कुरा हो । त्यसमा वडा तथा नगरपालिकाले अनुगमन गर्छ । नमानेको अवस्थामा कारवाही हुन्छ ।’



कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम भए संगै बजार खुल्दै गएका छन् । तर फुटपाथमा व्यवसाय गर्न प्रशासनले अनुमति दिएको छैन । नगरपालिकाको अनुगमन गर्ने टोली कोरोना नियन्त्रणमा केन्द्रीत भएको छ ।

वर्षाको समयमा जथाभावी सडक, नालामा फोहोर गर्दा नाला भरिएर भेल सडकमा बग्ने गरको छ । केही दिनअघि जुम्ला रोडमा नाला भरिँदा चार लेन सडक जलमग्न भएको थियो। 

सडक क्षेत्रमा निर्माण जन्य सामाग्रीहरु राख्न नपाइने, यदि राख्नै परे नगरपालिकासँग अनुमति लिएर मात्रै राख्न मिल्ने वीरेन्द्रनगर नगरपालिका वातावरण तथा विपद् अनुमगन उपशाखाका प्रमुख यामलाल गिरीले बताए। ‘सडकमा कुनै पनि निर्माण जन्य सामाग्रीहरु राख्न पाइँदैन,’ उनले भने, ‘यदि राख्नै पर्ने अवस्था आएको खण्डमा वडाबाट सिफारिस लिएर केही समयका लागि राख्न सकिन्छ।’

मनपरी सडक कब्जा गर्नेमाथि कारबाही हुने उनले बताए। 
 


 

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १६:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया