\
राष्ट्रिय सभाको आठौँ अधिवेशनअन्तर्गत असार २३ गते बुधबारको सम्भावित दैनिक कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबबार सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।
बुधबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६–०७७’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।
त्यसपछि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् ।
राष्ट्रिय सभाको यसअघिको बैठकमा विभिन्न अध्यादेश पेस भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।